ताजा खबर राजनीति News

हुम्ला पुगेर प्रधानमन्त्रीले भने अब कर्णालीका दुःख गए

हुम्ला पुगेर प्रधानमन्त्रीले भने अब कर्णालीका दुःख गए

पुस ५ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको दु:खका दिन अन्त्य गर्न सरकार गम्भीर हुने बताएका छन्। हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अनुभूति भएपछि मात्रै राजनीतिक परिवर्तनको औचित्य सिद्ध हुने बताए।

‘हिजोको राजनीतिक क्रान्तिमा कर्णालीको गुणात्मक योगदान छ। अब नयाँ सन्दर्भमा हाम्रो ध्यान कर्णालीको विकास र जनताको जीवनस्तर परिवर्तनमा हुनुपर्दछ,’ उनले भने, ‘सरकार जनताका मागप्रति संवेदनशील छ। मेरो यो उपस्थिति कर्णालीका दु:खका दिन अन्त्य गर्ने संकल्प पनि हो।’

आफू हुम्लामा दोस्रोपटक आएको र गर्वको महसुस उनले बताए। आमसभामा प्रधानमन्त्रीले हुम्लामा जलविद्युत्, खेल मैदान, पर्यटकीय पूर्वाधार निर्माण लगायत योजनामा आवश्यक बजेट विनियोजन गर्ने घोषणा पनि गरेका छन्। ‘हुम्लाको खेल मैदान निर्माणका लागि सरकारले तीन करोड बजेटको व्यवस्था गर्नेछ। जिल्लाका छरिएर रहेका बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्न, हिल्सा नाका खुला गर्न सरकारले कूटनीतिक पहल गर्नेछ,’ उनले प्रतिबद्धता जनाए।

सिमीकोटको जनसभालाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्रीले हुम्ला जिल्लाको हिल्सामा रहेको हिल्सा पुलको उद्घाटन गरेका छन्। त्यस अवसरका उनले तोकिएको समयभन्दा पहिला गुणस्तरीय काम गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने पनि बताए।

Prchanda

विशेष