विदेश

रुसका राजदूतलाई टर्कीमा गोली हानेर हत्या गरियो

रुसका राजदूतलाई टर्कीमा गोली हानेर हत्या गरियो

एजेन्सी । टर्कीको लागि रूसी राजदुूत एन्ड्रे कार्लोभलाई टर्कीको राजधानी अंकारामा गोली हानी हत्या गरिएको छ । राजदूत एन्ड्रे अन्करास्थित एक फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य दिदै थिए । आफ्नो मन्तब्यकै क्रममा उनीमाथि हमला भएको टर्कीको आधिकारिक समाचार संस्था अनाडलुले जनाएको छ। एन्ड्रे कार्लोभ रसियाका लागि सन २०१३ देखि टर्कीमा राजदूतका रुपमा कार्यरत थिए । राजदूत एन्ड्रेको हत्या पस्चात सोसियल मिडियामा भाइरल भएको भिडियोमा आक्रमणकारीले ठूलो आवाजमा कराउँदै अल्लाह अकबर, अलेप्पो लाई नबिर्स , सिरियालाई नबिर्स भनेको सुनिएको थियो । भिडियोमा गोली हाने पश्चात राजदूत एन्ड्रे तुरुन्तै भुईमा ढलेको देखाइएको छ। राजदूत एन्ड्रेको हत्या पस्चात बाहिर आएका फोटोहरुमा हातमा पेस्तोल बोकेको कालो सुट र टाई लगाएको युवककको प्रत्याक्रमणमा मृत्यु भएको छ । रूस र टर्की बीचको सम्बन्ध हालका दिनहरुमा तनावपुर्ण रहेको छ र दुबै देश सीरियाली संघर्षमा प्रतिद्वन्द्वी दलको समर्थन गर्छन् । गत साल दुबै देश बीचको आपसी सम्बन्ध बिग्रेर न्यूनतम बिन्दुमा पुगेपछि टर्कीले सन २०१५ मा एक रूसी जेटलाई गोली हानी खसाएको थियो । त्यस घटना पछि अन्करा र मस्को बीचको राजनीतिक लिन्कमा सुधार गर्ने प्रयास गरिएको थियो। टर्कीमा गत साल भएको आतंकवादी हमलाको निरन्तरताका रुपमा यस घटनालाई जोडिएको छ । सरकारले मुख्य रूपमा कुर्द उग्रवादीलाई दोषी ठहराएको छ ।

विशेष