News

तिवारीकाे हत्याबारे छानविन गर्न आयोग गठन

तिवारीकाे हत्याबारे छानविन गर्न आयोग गठन
पुस - ५ । एमालेको भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ । अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो। छानविन समितिमा राष्ट्रिय अनुसन्धान विभागका एआइजी यादवप्रसाद रेग्मी, नेपाल प्रहरीका एसएसपी मनोज न्यौपाने र गृहमन्त्रालयका उपसचिव शिवराज जोशी सदस्य रहेका छन् । समितिलाई सरकारले १५ दिनको समयसीमा दिएको छ । तिवारीको हत्याको विरोधमा संघले लुम्बिनी अञ्चलका जिल्लाहरु बन्द गराएको छ । घटनाको छानबीन, दोषीलाई पक्राउ र कारबाहीको माग गर्दै युवासंघले बन्दको आव्हान गरेको हो । हत्याको विरोध गर्दै हिजो बेलुका ६ बजेदेखि नै बुटवलमा चक्काजाम गरिएको थियो । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको मंगलबार गोली हानी हत्या गरिएको थियो । गोली लागेर ढलेका उनलाई देवदह मेडिकल कलेज अस्पताल पुर्यालइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । हत्याको विरोध गर्दै युवा संघले बुधबार नै गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई ज्ञापनपत्र बुझाएका थिए ।

दुर्गा तिवारी दुर्गा तिवारीको हत्या

विशेष