विदेश

सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प

सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प
पुस - ५ । मङ्गलबार सोलोमोन द्विपनजिकै शक्तिशाली भूकम्प गएको छ । दक्षिणी प्रशान्त महासागरिय क्षेत्रमा गएको यस शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी र मानवीय, सम्पत्ति क्षतिको विवरण भने हालसम्म आएको छैन । सो भूकम्प ६।७ म्याग्निच्युडको मापन गरिएको र गत डिसेम्बर ९ गएको ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्पको यो पराकम्प भएको बताइएको छ । गत डिसेम्बर ९ गएको भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको सयौं घरहरुको क्षति र ध्वस्त भएका थिए । यस भूकम्पपछि दर्जनौं पराकम्पहरु आएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार मंगलबार गएको भूकम्पको् केन्द्रविन्दु किराकिराबाट ८० किलोमिटर उत्तरपश्चिम र सोलोमोन द्विप राजधानी होनियाराबाट १६० किलोमिटर दक्षिणपूर्वमा ३५ किलोमिटर गहिराईमा रहेको छ । यस प्रशान्त माहासागरिय राष्ट्रमा गत दुई हप्तायता पटक पटक शक्तिशाली भूकम्प गएको छ । सोलोमोन द्विपको छिमेकमा पर्ने पपुवा न्यु गिनीमा गत शनिबार ७।९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । एपी

शक्तिशाली भूकम्प

विशेष