प्रवास News

सुडानमा अपहरणमा परेका प्रधान र कार्की अपहरण मुक्त

सुडानमा अपहरणमा परेका प्रधान र कार्की अपहरण मुक्त
पुस - ५ ।  द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका छन् । झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका प्रधान र कार्की अपहरण मुक्त भएका हुन् । उनीहरुलाई अज्ञात बन्दुकधारीले गत नोभेम्बर २७ मा अहरण गरेका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका प्रमुख प्रवक्ता एड्रियन एडवार्डस्ले उनीहरु सोमबार सकुशल रिहा भएको प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयका प्रमुख प्रवक्ता एड्रियनले उनीहरुलाई अपहरण मुक्त गराउन सफल भएकोमा सुडान सरकार र त्यहाँका सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । परराष्ट्र मन्त्रालयले जेनेभास्थित नेपाली नियोगमार्फत् उनीहरुको शीघ्र रिहाइका लागि अनुरोध गरेको थियो । दुई नेपालीसँगै अपहरणमा परेका एक सुडानी नागरिक मुसा ओमेर मुसा मोहम्मदसमेत सकुशल रिहा भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी

विशेष