News

लुभूलाई ‘आद्योगिक ग्राम’ घोषणा गर्न माग

लुभूलाई ‘आद्योगिक ग्राम’ घोषणा गर्न माग
पुस - ५ । कपडा बुन्ने व्यवसायमा संलग्न स्थानीय व्यवसायीले लुभूलाई ‘आद्योगिक ग्राम’ घोषणा गर्न माग गरेका छन् । महालक्ष्मी नगरपालिकाको लुभू र आसपासका गाउँमा परम्परागतरुपले कपडा उद्योग सञ्चालन हुँदै आएकाले ‘औद्योगिक ग्राम’ घोषणा गराउन ललितपुर उद्योग वाणिज्य सङ्घले समेत पहल गरिरहेको छ । उद्योगलाई एकै ठाउँमा सञ्चालन गर्ने गरी ग्रामको अवधारणा आएको सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताए । उनले भने, ‘पुस्तौँदेखि गर्दै आएको व्यवसायलाई व्यवस्थित गर्दा स्थानीय व्यवसायीलाई फाइदा हुन्छ ।’ एकसय रोपनी जग्गा औद्योगिक ग्राम निर्माणका लागि व्यवस्था भइसकेको छ । सङ्घले उद्योग मन्त्रालयमा सो योजनाको खाका पनि उपलब्ध गाराइसकेको छ । विद्युत्भार कटौतीलगायत समस्याका न्युनिकरण हुने र उद्योगबाट आउने ध्वनी प्रदुषण कम हुने भएकाले एकै ठाउँमा व्यवसाय हुँदा सरकार र व्यवसायी दुवैलाई फाइदा पुग्नेछ ।’ डेढ सयवटा कपडा उद्योग सञ्चाल गर्दै आएका यहाँका बासिन्दाले लामो समयदेखि औद्योगिक ग्राम बन्नुपर्ने माग गर्दै आएका थिए ।

आद्योगिक ग्राम

विशेष