News

जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने

जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने
पुस - ५ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ग्रामीण क्षेत्रका बहुसङ्ख्यक जनतासँग सरोकार राख्ने विषयले सञ्चारमाध्यममा प्राथमिकता पाउनुपर्ने बताएका छन्। लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजको आज ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमले समाजमा उत्प्रेरणा दिने खालका समाचारलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले भने, “पत्रकारलाई खबर केन्द्र वा सिंहदरबारमा मात्र छ भन्ने परेको छ। म त्यस्ता कुरालाई त्यति प्रोत्साहित गर्ने पक्षमा छैन।” मन्त्री कार्कीले साना र मोफसलका पत्रपत्रिकामा पनि त्यही प्रवृत्ति हावी भएको बताउँदै विषयगत रुपमा समाचार सम्पे्रषण गरी आफ्नो छुट्टै पहिचान बनाउन सुझाव दिए। कार्यक्रममा समाजका अध्यक्ष दामोदर दवाडी, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले मुलुकको पत्रकारिता र राजनीतिक इतिहासमा ठूलो योगदान पु¥याएका साना लगानीका साप्ताहिक पत्रिका अहिले आर्थिक सङ्कटमा परेको तर्फ ध्यान आकृष्ट गर्दै सरकारका तर्फबाट सहयोग र प्रोत्साहनको अपेक्षा गरे। समाजले सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण हुनुपर्ने, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि हुनुपर्ने, साना मिडियामा श्रमजीवी पत्रकार ऐन लागू गर्न छुट्टै व्यवस्था गरिनुपर्ने, भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सरकारका तर्फबाट सुविधा दिइनुपर्नेलगायतका माग अघि सारेको छ।

रासस सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की

विशेष