विदेश

रुसमा विषात्त मदिरा पिउँदा मृत्यु हुनेको संख्यो ४८ पुग्यो

रुसमा विषात्त मदिरा पिउँदा मृत्यु हुनेको संख्यो ४८ पुग्यो
पुस ६ । रुसको साइबेरियाली शहर इरकुस्कमा वाथ लोसन पिएर मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।  मृत्यु हुनेमा चिकित्सक र शिक्षकसमेत रहेका छन् । अधिकांशको उमेर ३५ देखि ५० वर्षसम्मको रहेको बताइएको छ । ढिलो गरि अस्पताल पुगेका ३८ भन्दा बढी विरामीको उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । कुनै ठूलै चमत्कार भएमात्र उनीहरु बाँच्न सक्ने स्वास्थ्य मन्त्री ओलेग यारोशेन्कोलाई उद्धृत गर्दै स्थानीय साइवेरिय टाइम्सले जनाएको छ ।  थोरै मात्र बाथ लोसन पिएका एक जिवित व्यक्तिले विहान उठ्दा आफ् अन्धो भएको बताएका छन् । बाथ लोसनलाई सामान्य मदिराको रुपमा सेवन गरिएको अनुसन्धानबाट खुल्न आएको छ । यसमा विषाक्त मिथानोल मिस्सिएको हुन्छ । यसले मानिसलाई अन्धो पनि बनाउँछ ।

Bath Lotion

विशेष