News

शीतलनिवासमा देखिएको एउटा दारुण दृश्य

शीतलनिवासमा देखिएको एउटा दारुण दृश्य

पुस ६। शीतलनिवासमा मंगलबार राष्ट्रपतिले प्रेस काउन्सिल–सानिमा बैक राष्ट्रिय पत्रकारीता पुरस्कार वितरण गर्दे गर्दा दुवै मृगौला फेल भएकी दिवंगत पत्रकार कर्ण बोहराकी पत्नी ममता झण्डै बेहोस भइन ।

अस्पतालको स्ट्रेचरमै राखेर बेडबाट सिधै राष्ट्रपति भवन पुर्याइकी उनलाई व्याथाले च्यापेपछि हतार हतार अस्पताल कुदाइयो । तर त्यहाँ उनको उपचार कसरी भइरहकेो छ र के के समस्या छन भन्ने बारेमा न कसैले बोले न पत्रकारले नै सम्बोधन गरे ।

प्रेस काउन्सिलद्वारा आयोजित एक समारोहकाबीच राष्ट्रपति भण्डारीले कर्ण बोहरा पत्नी ममता र सञ्जय न्यौपानेकी पत्नी राधिकालाई जनही २ लाख ५० हजार रुपैया प्रदान गरेकी थिइन् । २ हप्ता अगाडि निधन भएका कर्ण बोहराकी पत्नि ममताको अवस्था यति दयनिय थियाे की उनी उक्त पुरस्कार लिन स्टेजमा सम्म पुग्न सकिनिन् उनलाई ब्याथाले च्यापेपछि हतार हतार अस्पताल कुदाइएको थियो ।

जनआस्था साप्ताहिक

Bidya Bhadnair Karna Mohara Sanjaya Neupane

विशेष