विदेश

मेक्सिकोको पटका बजारमा बिस्फोट हुँदा ३१ को मृत्यु, ७० घाइते [भिडियो]

मेक्सिकोको पटका बजारमा बिस्फोट हुँदा ३१ को मृत्यु, ७० घाइते [भिडियो]
पुस–६ । मेक्सिको सहर बाहिर पटका बजारमा भएको बिस्फोटको कारण कम्तीमा ३१ जनाको ज्यान गएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । टुल्टेपेकमा रहेको सान प्याबलिटो पटका बजारमा भएको घटनामा अन्य ७० जना घाइते भएका छन् ।  यो ठाउँ मेक्सिको सहरबाट करिब ४० किलोमिटर उत्तरतिर पर्छ । घटनास्थलमा आपतकालिन उद्धारकर्ता खटाइएको छ । विस्फोट भएको घटना भिडियोमा कैद गरिएको छ । स्थानीयलाई त्यस क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मृत्यु भएकाहरुको ९० प्रतिशत भाग जलिसकेका कारण डिएनए परीक्षण गर्नु पर्ने गर्भनरले बताएका छन् । क्रिसमस नजिकिएकाले पटकाको व्यापार निकै बढ्दै गएकाले बजारमा मानिसको निक्कै भिड थियो । विस्फोटको कारण भने थाहा नभएको र यसबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

Mexico Firework Explosion मेक्सि

विशेष