News

तीन दिनदेखि बन्द रुपन्देही खुल्यो

तीन दिनदेखि बन्द रुपन्देही खुल्यो
पुस – ६ । युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या लगत्तै सोमबार साँझबाट चक्काजामसहितको बन्द रुपन्देही खुलेको छ । तिवारीलाई सहिद घोषणा, हत्यामा संलग्नलाई तत्काल पक्राउ र सुरक्षाको प्रत्याभूति दिलाउने स्थानीय प्रशासनले प्रतिवद्धता जनाएपछि बन्द खुलेको हो । दोषीलाई पक्राउ नगर्दासम्म युवा संघले दबाब लगायत अन्य आन्दोलनका कार्यक्रम भने यथावत राख्ने युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले बताए । बन्दका कारण यहाँ चल्ने सवारीका साधन ठप्प थिए । बजार उद्योग व्यवसाय पनि खुलेका थिएनन् ।

विशेष