ताजा खबर राजनीति News

केपी ओलीले देखाए विकल्प– ‘संघीयतामा पाँच प्रदेश नै उत्तम’

केपी ओलीले देखाए विकल्प– ‘संघीयतामा पाँच प्रदेश नै उत्तम’

पुस ७ । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन् ।

आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोटमा भेट गर्दै बुधबार ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प भएको जिकिर गरेका हुन् ।

पहिलो पटक सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गरी तराई र पहाडी जिल्ला अलग गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गरेपछि सीमांकनका विषयमा लगातार जसो आन्दोलन भइरहेको छ ।

ओलीको भनाइमा समर्थन जनाउँदै पूर्व सांसदहरुले पहिलो संविधानसभामा आफूहरुले मुलुकले धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानीमात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएका थिए ।

ओलीले संविधान संशोधन विधेयक संसदमा अल्पमतमा परिसकेको दाबी पनि पूर्वसांसदहरुसँग गरेका थिए । कांग्रेस, एमाले र माओवादी केन्द्र एकठाउँमा उभिएर रुपान्तरिक संसदबाट संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको ओलीले बताएका थिए । अन्नपूर्ण पोस्ट

KP Oli

विशेष