विदेश

बुर्कामा सजिएका यी महिलाकोे असामान्य...

बुर्कामा सजिएका यी महिलाकोे असामान्य...

पुस ७ । तस्वीरमा कालो पोशाक लगाएका यी महिला मुस्लिम समुदायका हुन् भनेर बुझ्न कठिन छैन तर यी महिला अन्य मुस्लिम महिलासरह सामान्य भने होइनन् ।

पुरुषलाई पनि चुनौति दिन सक्ने क्षमता भएका यी महिला संयुक्त अरब इमिरेट्स (युएई) को फिमेल प्रोटेक्शन स्क्वाडका सदस्य हुन् ।

तस्वीरमा देखिएका यी पाँच महिलाको उमेर २९ र ३० को बीचमा छ । यिनले डचेज अफ कार्नवेल क्यामिला पार्करलाई सुरक्षा दिइरहेको यो तस्वीर पछिल्लो समय निकै चर्चामा छ ।

क्यामिला युएई भ्रमणमा रहँदा उनको सुरक्षाको जिम्मेवारी यी पाँच महिलालाई दिइएको थियो । शाही परिवारको सुरक्षाको जिम्मेवारी महिलालाई मात्र सुम्पिएको यो पहिलो घटना थियो ।

युएईको एलीट प्राइभेट प्रेसिडेन्शियल गार्डका हिस्सा रहेका यी पाँच महिला कुल ५० जनाबाट चयन गरिएको हो । उक्त टिमको नेतृत्व लेफ्टिनेन्ट शैमा अल काबीले गरेकी थिइन् ।

फ्ल्याट शुजका साथ बुर्का लगाएका यी महिलाले आफ्नो शरीर कपडाले ढाकेका हुन्छन् । उनीहरुले हतियार पनि बुर्काभित्र फेशनेबल तरिकाले राखेका हुन्छन् ।

जस्तोसूकै हमला रोक्नका लागि यिनीहरु तयारी अवस्थामा रहन्छन् । उनीहरुले विशेष प्रकारको तालिम लिएका हुन्छन् । मार्शल आर्टका अतिरिक्त यिनीहरुलाई क्लोज क्वार्टर फाइटिङ्गको कला पनि सिकाइएको हुन्छ ।

टिम लिडर शैमाका अतिरिक्त अन्य दुई सदस्य नसरीन र हनानले यसै वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणसमेत गरेका थिए ।

Burka UAE Woman

विशेष