विदेश

१ सय २ वर्षिया वैज्ञानिक अझै अनुसन्धानमै

१ सय २ वर्षिया वैज्ञानिक अझै अनुसन्धानमै

पुस ७ ।  अष्ट्रेलियामा १०२ वर्षिया वैज्ञानिकले विश्व विद्यालयमा काम गरिरहन पाउने भएका छन् । पश्चिमी अष्ट्रेलियाको एडिथ कोअन विश्वविद्यालयले वैज्ञानिक डा. डेभिड गुडअललाई वृद्धाअवस्थाको सुरक्षा खतराको कारण देखाउँदै घरबाटै काम गर्न भनेको थियो ।

तर, अहिले विश्वविद्यालयले डेभिडका लागि वैकल्पिक कार्यस्थलको व्यवस्था गरेको छ । अष्ट्रेलियाका कार्यरतमध्ये सबैभन्दा वृद्ध वैज्ञानिक डा. गुडअलले ७० वर्षको कार्यकालमा १०० भन्दा बढी शोधपत्र तयार गरेका छन् । हाल गुडअल उक्त विश्वविद्यालयमा बेतलबी मानार्थ अनुसन्धाताका रुपमा कार्यरत छन् । दुई दशक लामो विश्वविद्यालयको जागिरपछि गुडअललाई अगष्ट महिनामा जागिर छाड्न भनिएको थियो ।

वृद्धावस्थाका कारण उनको काम नगरुन भन्ने विश्वविद्यालयका कर्मचारीहरुको चाहना थियो । विश्वविद्यालयका कर्मचारीले उनको सुरक्षा चासो राखेपछि गुडअललाई घरबाटै काम गर्न भनिएको थियो । विश्वविद्यालयको उक्त निर्णय वैज्ञानिक गुडअललाई अर्को झड्का भइदियो, यसअघि उनलाई घट्दो दृष्टीका कारण थिएटरमा रिहर्सल गर्नबाट वञ्चित गरिएको थियो । अनि डा. गुडअलले विश्वविद्यालयले उनको वृद्धावस्थालाई लिएर गरिएको निर्णयको विरोध गरेका थिए ।

हाल डा. गुडअलका लागि विश्वविद्यालयले सुविधासम्पन्न कार्यालय स्थापना गरिदएको छ । ’म अत्यन्तै खुसी छुं, हामीले डेभिडको समस्याको समाधान भेटेका छौं । उनी ईसीयू का लागि आफ्नो काम जारी राख्नसक्नेछन् ।’विश्वविद्यालयले काममा सहभागि हुने वातावरण मिलाएकोमा डेभिडले कृतज्ञता व्यक्त गरेका छन् ।

’मेरो दृष्टीले भ्याएसम्म आफ्नो कामलाई उपयोगी बनाउनेमा आशावादी छुं ।’ ’तर मेरो सुरक्षाको बारेमा अनावश्यक चासो राखिएको थियो भन्ने लागिरहेको छ ।’

Australia University Goodall

विशेष