विदेश

सांसदको घरमा तालीवानको आक्रमण, पाँच मारिए

सांसदको घरमा तालीवानको आक्रमण, पाँच  मारिए

पुस ७ । अफगानिस्तानको राजधानी काबुलस्थित एक सांसदको घरमा तालिबानले गराएको आक्रमणमा परी पाँच जना मारिएका छन् । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएअनुसार घटनामा मारिनेमा दुई बालबालिका पनि छन् ।

तीन जना बन्दुकधारीले हेलमन्द प्रान्तका सांसद मीर वालीको घरमा आक्रमण गरेका थिए । सांसद वाली भने घरबाट सुरक्षित निस्किएका छन् ।

आक्रमणमा अरु केही घाइते भएका छन् । सन् २०१४ मा अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फर्किएपछि हेलमन्द प्रान्तका धेरै क्षेत्रमा तालिबानी आक्रमण बढेको छ .

Afaganistan

विशेष