News

विद्यार्थीहरुको लागि सुनौलो अवसर, सफल भविष्य निर्माणको लागि निःशुल्क कार्यक्रम

विद्यार्थीहरुको लागि सुनौलो अवसर, सफल भविष्य निर्माणको लागि निःशुल्क कार्यक्रम

तपाई आफ्नो भविष्य कसरी बढाउने विषयलाई लिएर चिन्तित हुनुहुन्छ ? तपाई मात्र होईन तपाईजस्ता हजारौ‌‌‌‌‌‌ युवाहरु यो विषयलाई लिएर चिन्तित छन् । यतिबेला तपाईलाई सहि मार्गदर्शन र सहि सल्लाहको आवश्यकता छ । तपाईको भविष्यको लागि सहि सल्लाह र मार्गदर्शन प्रदान गर्न नेपाल आजले एक कार्यक्रम गर्दैछ । जहाँ तपाई निर्धक्कसंँग भाग लिन सक्नुहुनेछ । आफ्नो समस्या बताएर सुझाब लिन सक्नुहुन्छ । आउँदो पुस १२ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा 'strategy to build a success career' (सफल क्यारियर निर्माणका लागि रणनीति)विषयक विद्यार्थी युवा लक्षित कार्यक्रम गर्ने भएको छ । विद्यार्थीहरुले successful career (सक्सेसफुल क्यारिर) कसरी बनाउन सक्छन् भन्ने विषयमा जानकारी दिन कलेज पढ्ने विद्यार्थीलाई लक्षित गरी नेपाल आजले निःशुल्क कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा विद्यार्थीहरुले भाग लिन सक्नेछन । कार्यक्रमको वक्ताका रुपमा मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) अनिल शाह, स्ट्यान्ड अप कमेडियन मनोज गजुरेल, बिबिसी नेपालली सेवाका प्रमुख वरिष्ठ पत्रकार तथा हेल्फ नेपाल नेटवर्कका सस्थापक रविन्द्र मिश्र, मेरोजब डट कमका सिईओ शैलेन्द्र राज गिरी र पूर्वमिस नेपाल सुविन लिम्बु रहने छन् । उनीहरुले सफल क्यारिर कसरी बनाउने साथसाथै क्यारिरमा आइपर्ने बाधाब्यावधानलाई कसरी समाल्न सकिन्छ भन्ने विषयमा जानकारी दिने छन् । जागिरको लागि आवेदन कसरी दिने ? कस्तो बायोडाटा बनाउने ? अन्र्तवार्ता कसरी दिने ? कस्तो जागिरमा कस्तो बायोडाटा र अन्र्तवार्ता दिनुपर्छ ? भविष्यमा कस्तो समस्या कसरी समाधान गर्ने ? यस्तो विषयमा तपाई हामी अनविज्ञ छौ । यो सबै प्रश्नको जवाफ तपाइले पाउनुहुनेछ । किनकी त्यहा मेरो जब डटकमको सिईओले यो सर्बै प्रश्नहरुको जवाफ तपाईलाई दिनुहुनेछ । भोलि के गर्ने करिअर काउन्सिलिङ बारेमा तपाइहरुलाई बताउनु्हुनेछ । पत्रकार रविन्द्र मिश्रको अनुभव र अनुभुतीले तपाईलाई उर्जा दिनेछ । त्यस्तै ब्यांकर अनिल केशरी शाहको सुझाव र प्रेरणाले तपाइलाई केही गर्नुपर्छ भन्ने प्रेरणा जगाउने छ । तपाईले जीवन जीउने कला सिक्नुहुनेछ । चर्चित कमेडियन मनोज गजुरेलले तपााईलाई हसाउँनुहुनेछ । पूर्वमिस नेपाल सुविन लिम्बुले तपाईसँग आफ्नो अनुभवहरु अादान प्रदान गर्नुहुनेछ । सफलताको भर्‍याङ आत्मविश्वास हो । विश्व टेक्नो म्यानेजम्यानटमा प्रवेश गरिसकेको छ त्यसैले व्यवस्थापकीय क्षमताको पनि आवश्यक  छ । व्यक्तित्व विकासका साथै नेतृत्व गर्ने क्षमताको विकास गर्न सञ्चार गर्ने सीपको पनि विकास गर्नु पर्दैछ । साथसाथै मार्ग निर्देशनको अभावमा अस्वस्थ प्रतिस्पर्धा गर्नु परिरहेको अवस्थामा अनुभवशिद्ध व्यक्तिहरुले भविष्य सुदृढ बनाउन  योजना कसरी बनाउने भन्ने बारे जानकारी दिने छन् । आउँदो पाँच वर्षमा देशलाई कस्तो क्षमता भएको जनशक्ति चाहन्छ भन्ने पक्ष यस कार्यक्रमको महत्वपूर्ण विषय रहेको छ । नेपालको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेपाल आजले विद्यार्थीमा क्यारिर सम्बन्धी आइपर्ने अन्योलको समाधान गर्ने प्रयास गरेको छ । नेपाल आजको यस प्रयासलाई नेपाल टेलिकम, मेरो जव डट्कम तथा सिजीआईएम कलेजले साथ दिदैछन् । आउदो मंगलबार १२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रम १० बजेबाट सुरु हुनेछ । कार्यक्रममा भाग लिन यो लिंकमा क्लिक गरि रजिस्टर गर्न सकिनेछ ।

Anil Shah college and career Manoj Gajurel rabindra mishra shailendra raj giri subin limbu

विशेष