ताजा खबर राजनीति News

सरकारले पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई दिने भयो ७५ प्रतिशत भत्ता

सरकारले पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई दिने भयो ७५ प्रतिशत भत्ता

पुस ७ । सरकारले भूकम्पपछिको पुनर्निर्माण काम ठप्प पारी सामूहिक राजीनामा दिएका इन्जिनियरको माग पुरा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशत भत्ता दिने निर्णयगरेको छ ।

राजीनामा दिएका करिव १३ सय इन्जिनियर तथा प्राविधिकलाई प्रोत्सहन स्वरुप ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो । भत्ता बढाउनुपर्ने, बिमा गर्नुपर्नेलगायत माग राख्दै आन्दोलित उनीहरूले सरकारले माग पूरा नगरेको भन्दै राजीनामा दिएका थिए । सरकारले उनीहरुको माग सम्बोधन गर्न भन्दै ७५ प्रतिशतसम्म प्रोत्सहन भत्ता दिने निर्णय गरेको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।

४ सचिवको सरुवा

सरकारले ४ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सिफारिसमा चार सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालय, सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ ।

त्यस्तै भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय र मध्य पश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटालाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

Cabinate Meeting

विशेष