मुख्य समाचार News

दाङमा बस पल्टिँदा एक महिलासहित तीनको मृत्यु, १७ घाइते (अपडेट)

दाङमा बस पल्टिँदा एक महिलासहित तीनको मृत्यु, १७ घाइते (अपडेट)
पुस – ७ । दाङमा यात्रुबाकह बस पल्टिँदा एक महिलसहित तीन जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दाङको घोराहीबाट बुटवल जाँदै गरेको लु २ ख ७७६ नम्बरको यात्रुबाहक बस घोराही–लमही सडक खण्डको मुसोट खोलामा दुर्घटना ग्रस्त भएको हो । दुर्घटनाग्रस्त बस सडकबाट एक सय मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य एकजनाको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । घाइते मध्ये १४ जनाको लमही प्राथिमीक स्वास्थ्य केन्द्र र तीन जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

Road Accident in dang

विशेष