लोकमानलाई अदालत परिसरमै कालोमोसो

पुस – ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध अदालतमा परिसरमा हातपात भएको छ ।
तारेख बुझ्न सर्वोच्च अदालत पुगेका कार्कीलाई एक व्यक्तिले अदालत परिसरमै कालोमोसो दलेका हुन् ।
कालो मोसो दल्ने व्यक्तिले नेकपा माओवादी जिन्दावाद भन्दै कार्कीलाई गालामा मोसो दलेको बताइएको छ ।
ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर कालोमोसो दल्ने व्यक्तिबारे भने खुलिसकेको छैन ।
Lokman Sing Karki