विदेश

अफगानिस्तानी सांसदको घरमा आक्रमण, ११ जनाको मृत्यु

अफगानिस्तानी सांसदको घरमा आक्रमण, ११ जनाको मृत्यु
पुस–७ । अफगानिस्तानको राजधानी काबुलमा एक जना सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेकोे छ । बुधबार बेलुका दक्षिणी हेल्मन्ड प्रान्तका सांसद मिर वालीको घर खोशाल मिनामा आक्रमण भएको थियो । आक्रमणकारीहरुमध्ये दुई जना बन्दुकधारी घर भित्रै पसेर आक्रमण गरेको प्रहरी अधिकारीले जनाएका छन् । “सांसदको घरमा आक्रमण गरेका आक्रमणकारी विरुद्ध सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा बिहीबार विहान दुई जना आतंककारीको मृत्यु भएको छ,” एक प्रहरीले बताए । मारिने मध्ये दुई जना सांसदका नाती रहेका ती अधिकारीले बताए । प्रत्यक्षदर्शीले रातभरीमा पटक पटक विस्फोट भएको र तीन पटक निकै ठूला आवाजसहित विस्फोट भएको जानकारी दिए । दुई स्थानीय बृद्ध, एक बच्चा र दुई जना सांसदको घरको सुरक्षाकर्मी पनि घटनामा मारिएका छन् । सांसद मिर वाली सहित घाइते भएका सात जना खतरामुक्त रहेको अस्पतालले श्रोतले जनाएको छ‍ । आक्रमणको तालिवानले जिम्मा लिएको छ । तालीवान लडाकुहरुले अप्रिलदेखि सरकार विरोधि गतिविधिलाई बढाएका भएपनि उनीहरूको आक्रमणमा सर्वसाधारणको समेत मृत्यु हुने गरेको भेटिएको छ । रासस÷एएफपी

अफगानिस्तान आक्रमण

विशेष