News

लोकमानलाई अदालत परिसरमै कालोमोसो दलेपछि

लोकमानलाई अदालत परिसरमै कालोमोसो दलेपछि

पुस – ७ । आफूविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै मोसो दलिएको छ । पेशी कक्षमा जाँदै गरेको अवस्थामा लोकमानको अनुहारमा पछाडिबाट आएका दुईजना युवामध्ये एकले मोसो दलेका थिए । कालो मोसो दल्ने व्यक्तिले नेकपा माओवादी जिन्दावाद भन्दै कार्कीलाई गालामा मोसो दलेका थिए । लोकमानमाथि मोसो दलेका युवाहरुलाई प्रहरीले सर्वोच्च परिसरबाटै नियण्त्रणमा लिइसकेको छ । कालोमोसो दल्ने व्यक्तिबारे भने खुलिसकेको छैन ।

लोकमानसिंह कार्की

विशेष