News

लोकमानलाई अदालत परिसरमै कालोमोसो दल्नेको पहिचान खुल्यो, काे हुन् लोकमानलार्इ मुक्का हान्ने ?

लोकमानलाई अदालत परिसरमै कालोमोसो दल्नेको पहिचान खुल्यो, काे हुन् लोकमानलार्इ मुक्का हान्ने ?
पुस – ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै मोसो दल्नेको पहिचान खुलेको छ । कालोमोसो दल्नेहरूमा कीर्तिपुर बस्ने रूकुमको रूकुमकोट–८ का प्रवल शाही र गंगबु बस्ने रूकुम आठबारी–४ का चन्द्रबहादुर बुढा रहेको खुलेको हो । मुद्दाको सुनुवाइका लागि पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त कार्कीलाई उनीहरुले सर्वोच्च अदालत परिसरमै मोसो दल्नुका साथै हातपात गरेका थिए । सर्वोच्च अदालत पुगेर गाडीबाट ओर्लिंनासाथ भीडबाट निस्किएका २ जनाले उनीमाथि मुक्का प्रहार गर्दै कालोमोसो दलेका थिए । लोकमानमाथि जाइलागेका उनीहरूले भिडमा ‘नेकपा माओवादी जिन्दाबाद, भ्रष्टाचारीलाई कारवाही गर, ज्यानमारालाई कारवाही गर’ लगायतका नारा लगाएका थिए। लोकमानमाथि मोसो दलेका युवाहरुलाई प्रहरीले सर्वोच्च परिसरबाटै नियण्त्रणमा लिइसकेको छ । शाही र बुढा दुबै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता भएको खुलेको सर्वाेच्च अदालतको प्रहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोकमानसिंह कार्की

विशेष