जेसीज विवादः तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन
पुस ७ । जिल्ला प्रशासन कार्यालय काठमाडौं नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार र सपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।
अध्यक्षका उम्मेदवार विष्णु बरालले निर्वाचनमा धाधली भएकोमा छानविन गरिपाउँ भनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो ।
प्रशासन कार्यालयले ४३ औं महाधिवेशनका निर्वाचन आयुक्तलाई निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरु सहित उपस्थित हुनसमेत आदेश दिएको छ ।
‘निर्वाचनमा फर्जी मत खसालेर अध्यक्षका अर्का उम्मेद्ववार प्रकास अधिकारीलाई जबरजस्ती विजयी घोषणा गरिएको भन्दै सत्यतथ्य छानवीन गरी दोषीहरुलाइ कडा कारबाही गर्न अध्यक्षका अर्का उम्मेदवार विष्णु बरालले जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएका थिए ।’
बराललले उक्त निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै आफूले उम्मेद्धवार तथा उम्मेद्ववारको प्रतिनिधिको स्विकृति बिना निर्वाचनको मतपरिणाम नै सार्वजनिक नै नगराईदिन तथा सम्पूर्ण कागज एवम् मतपत्र सुरक्षित राखिदिनको लागि जिल्ला प्रशासन काठमाडौंमा समेत बोधार्थ गरि निवेदन दर्ता गराएको बताए ।
अध्यक्षका उम्मेदवार बरालका अनुसार १३५० मतपत्र जारी गरिएको थियो तर त्यसमा ८५ मतपत्र फिर्ता आएको थियो । जसमा कुल १२३५ मत मतदान भएको भनि मुचुल्कासमेत भएको तर मतगणना गर्दा १२८४ मतगणना भएको देखिएकोले त्यसमा षड्यन्त्र तथा धाँधली भएको बरालको आरोप छ । ,‘नेपाल जेसीजनको ४३ औं राष्ट्रिय महाधिवेसन यही मंसिर २५ गतेदेखिसम्म धापासीमा भएको थियो ।
बर्ष २०१५ का राष्ट्रिय अध्यक्ष बनेका जगत पोखरेलले नक्कली नागरिता पेश गरि उमेर ढाँटेको प्रमाणित भए पछि गतबर्ष उनलाई अध्यक्ष पदबाट बर्खास्त भएका थिए भने नेपाल जेसीज जेसीआइको अन्तर्राष्ट्रिय कार्वाहीमा परेको थियो । यद्यपि कारबाही अझै फुकुवा भएको छैन । जेसीजमा १८ देखि ४० बर्ष भित्र उमेरका ब्यक्ति मात्र सदस्य रहन पाउने प्रावधान छ ।