विदेश

अमेरिकी सेनाले गर्यो जापानको जमिन फिर्ता

अमेरिकी सेनाले गर्यो जापानको जमिन फिर्ता
पुस–७ । अमेरिकी सेनाले सन् १९७२ बाट कब्जा गरेको करिब ९,९०९ एकडको ओकिनावाको जमिन जापानलाई बिहिबार फिर्ता गरेको छ । तर जमिन भने यत्तिकै फिर्ता गरेको छैन । जमिनको सट्टा अमेरिकाले आपसी सहयोग र सुरक्षा सन्धि अनुसार सुरक्षा सुविधा लिने भएको छ । जापानी सरकारले ओकिनावा द्वीपको दक्षिणी भागमा थुप्रै हेलिप्याड अमेरिकाको प्रयोगको लागि बनाउनु पर्नेछ । यो जमिन हस्तान्तरणले दशकौँ देखि विरोध गरिहरेकाहरुको क्रोध भने थोरै पनि घटाउने देखिदैन। ओकिनावाबाट अमेरिकी सैन्य शिविर हट्नु पर्ने माग राख्दै जापानीहरुको विरोध कार्यक्रम अझै पनि जारी छ । ‘हामीलाई सरकार (जापानी) ले धोका दिएको भान भएको छ।’ अमेरिका विरोधी ‘पिस ओकिनावा’ समुहका कार्यकर्ता ताकाशी किशिमोतो भन्छन् । ‘जापानमा भएका अमेरिकी आधार शिविरको ७४ प्रतिशत ओकिनावामा छ, जमिन फिर्ता गरेपछि उनीहरुको उपस्थिति ७१ प्रतिशतमा मात्र घटेको छ ।’ क्याम्प गोन्जाल्भेस वा जंगल वारफेयर ट्रेनिङ सेन्टरको नामले चिनिएको उत्तरी ओकिनावाको १९,३०० एकड जमिनमा अमेरिकाको आधार शिविर छ । अमेरिकी सेनाको अनुसार जमिन हस्तान्तरण पछि ओकिनावामा अमेरिका नियन्त्रित जमिन १७ प्रतिशतले मात्र घटेको छ । –एजेन्सी

अमेरिकी सेना ओकिनावा

विशेष