विदेश

फिलिपिन्समा २०१७ का लागि ६७ अर्ब अमेरिकी डलर बजेट स्वीकृत

फिलिपिन्समा २०१७ का लागि ६७ अर्ब अमेरिकी डलर बजेट स्वीकृत
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आगामी बर्ष सन् २०१७ का लागि बिहीबार ६७ अर्ब अमेरिकी डलर बराबरको बजेट स्वीकृत गरेका छन् । यो बजेट उनी राष्ट्रपति भएपछिको पहिलो हो । राष्ट्रपति कार्यालय मालाकानाङमा भएको हस्ताक्षर समारोहमा राष्ट्रपति डुटेर्टेले नयाँ आर्थिक बर्षको बजेट जनपक्षीय, लगानीमैत्री, विकासमैत्री भएको बताए । सरकारी निकायहरुको सशक्तीकरण र सामाजिक सेवाको सुधारका लागि बजेट २०१७ ले अहिले सम्मकै सवै भन्दा धेरै रकम व्यवस्था गरेकोले फिलिपिन्सलाई गरिवीबाट हटाउने उनले विश्वास व्यक्त गरेका छन् । शिक्षा क्षेत्रको लागि सबैभन्दा धेरै अर्थात ११।९ अर्ब डलर बजेट छुट्याइएको डुटर्तेले बताए । उनले सामाजिक कल्याण र विकासका लागि २।५७ अर्ब र स्वास्थ्य क्षेत्रका लागि १।९२ अर्ब डलर रकम छुट्याएका छन् । समारोहमा राष्ट्रपति डुटेर्टेले सजगतापुर्वक राष्ट्रिय बजेटलाई पारित गरिदिएकोमा सिनेट र प्रतिनिधि सभालाई धन्यवाद पनि दिएका छन् ।

फिलिपिन्स

विशेष