ताजा खबर राजनीति News

सर्वोच्च अदालतमै लोकमान सिंह कार्कीलाई यसरी दलियो कालोमोसो

सर्वोच्च अदालतमै लोकमान सिंह कार्कीलाई यसरी दलियो कालोमोसो

पुस ८ । सर्वोच्च अदालत परिसर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छक्याउँदै बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलिएको छ ।

परिसरमा सुरक्षामा ७५ जनाभन्दा बढी न्यायिक प्रहरी खटिएका थिए । कार्कीकै सुरक्षामा सादा पोसाकमा अख्तियारबाट खटिएका दर्जन बढी सुरक्षाकर्मीसमेत उनीमाथि भएको आक्रमणमा केही समय रमिते बने ।

यसरी दलियो कालोमोसो

लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको बिहीबारको बहस सकिएपछि न्यायाधीशहरु घरतर्फ जाँदै थिए । सर्वोच्च परिसरमा केही कानुन व्यवसायी, कर्मचारी र विभिन्न सञ्चारमाध्यमका पत्रकार कार्कीको प्रतिक्षामा थिए ।

अपराह्न चार बजिसकेकाले सबैका आँखा मूल प्रवेशद्वारतिरै थिए । त्यत्तिकैमा कार्की कालो सिसा लगाइएको बा १३ च ८५८६ नम्बरको सेतो कारमा सर्वोच्च परिसर छिरे । उनी गार्डसहित कारबाट झरेर सरासर तामेल तारेख बुझ्ने ८ नम्बर शाखातर्फ लागे ।

सर्वोच्चका कर्मचारी र अन्यले कार्कीलाई नमस्कार पनि गरे । कार्की जब शाखाको प्रवेशद्वार पुगे, उनलाई दुई अपरिचित व्यक्तिे घेरा हाले र कालोमोसो प्रहार गरे । कालोमोसो कार्कीको देब्रे गालामा लाग्यो । त्यसपछि झटपट उनी ८ नम्बर शाखाभित्र छिरे ।

अनुहारमा लागेको कालो पखाल्न ज्वाईं प्रबल थापाले गिलासमा पानी लगिदिए । शाखाभित्रै कार्कीले हल्का मुख धोए र तारेख बुझे । कार्कीलाई कालोमोसो प्रहार गरेलगत्तै ती दुई जनाले ‘भ्रष्टाचारी मुर्दावाद, ज्यानमारा मुर्दावाद र नेकपा माओवादी जिन्दावाद’ भन्ने नारा लगाए ।

नागरिक दैनिक

Lokamn

विशेष