विदेश

अमेरिकाले मारेका सद्दाम हुसेनकी छोरीले किन गरिन ट्रम्पको प्रसंशा

अमेरिकाले मारेका सद्दाम हुसेनकी छोरीले  किन गरिन ट्रम्पको प्रसंशा

पुस ८ । अमेरिकी निर्वाचिचत राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गर्दै इराकका पुर्व राष्ट्रपति सद्दाम हुसेनकी छोरी रागद सद्दा हुसेनले बताएकी छन् । ‘अमेरिकन नेतृत्वमा आएका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिक संवेदनशिलता भएका नेता हुन । पहिलेको तुलनामा उनले आफु बढी संवेदनशिल भएको देखाएका छन् ।’

सीएननसँगको कुराकानीमा हुसेनले यस्तो बताएकी हुन । सद्दाम हुसेनकी छोरी रागद सद्दा हुसेन आफु डोनाल्ड ट्रम्पको समर्थक रहेको बताउँदै आएकी थिइन । इराकमा भएको आक्रमण गलत थियो भन्ने कुरा ट्रम्पले बताउन अफ्ट्यारो नमानेको भन्दै आफ्ना बाबुलाई मारिनु गलत थियो भन्ने कुरा ट्रम्पलाई राम्ररी थाहा भएको दावी गरेकी छिन् ।

डोनाल्ड ट्रम्पले इराक युद्धको बारेमा आफुले बिरोध जनाएको निर्वाचन अभियानमा बताउँदै आएका थिए । सद्दाम हुसेनलाई सन २००६ मा मारिएको थियो ।

आतंकबादीहरुलाई सद्दाम हुसेनले ठिक पारेको बताउँदै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाद्धारा मारिएका सद्दाम हुसेनको प्रसंसा गरेका थिए । सद्दाम हुसेनलाई अमेरिकाले नमारेको भए अहिले संसार धेरै सुरक्षित रहने बताएका ट्रम्पले बताएका थिए ।

Ragda Husain

विशेष