ताजा खबर विदेश News

आतंककारी संस्था आइएसले जिउंदै जलायो टर्की सेनालाई

आतंककारी संस्था आइएसले जिउंदै जलायो टर्की सेनालाई
पुस ८ । इस्लामिक अतिवादी समूह आईएसले टर्कीका सेनालाई जिउँदै जलाएको भनिएको भिडियो अनलाइनमार्फत सार्वजनिक गरेको छ । सिरियामा भएको कारवाहीका क्रममा गत नोभेम्बरमा पक्राउ परेका ती दुई टर्किस सेनालाई जिउँदै जलाएको आईएसले दाबी गरेको छ । मुस्लिमहरुलाई टर्कीले मारेको बदलामा टर्किस सेनाको हत्या गरिएको आईएसले जनाएको छ । तर भिडियोको स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टर्कीले पनि यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । यसै हप्ताको शुरुमा सिरियाको उत्तरी अल बाब शहरमा १६ टर्किस सेना आईएसको आक्रमणमा मारिएका थिए । टर्कीले सिरियामा गत अगष्टदेखि आईएसविरुद्ध स्थल र हवाई आक्रमण गरिरहेको छ  

ISI Turky Army

विशेष