News

विद्युत् लाइन काट्दा रु एक करोड उठ्यो

विद्युत् लाइन काट्दा रु एक करोड उठ्यो
पुस ८ । नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँच सय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताए । मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै रु ६ लाख नौहजार दुईसय ५७ असुल गरेको यादवले बताए । विद्युत् वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट विद्युत् प्रयोग गर्ने निरुत्साहित भएका छन् ।

Bidhut

विशेष