News

पत्रकारद्वय न्यौपाने र बोहरालाई मरोणपरान्त पत्रकारिता पुरस्कार

पत्रकारद्वय न्यौपाने र बोहरालाई मरोणपरान्त पत्रकारिता पुरस्कार
पुस – ८ । पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई मरणोपरान्त सयुक्त रुपमा प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार – २०७३ प्रदान गरिएको छ । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजीत एक समारोहका बीच राष्ट्रपति विद्यादेवीको हातबाट पुरस्कार प्रदान गरिएको हो । प्रेस काउन्सिल नेपाल र सानिमा बैंक लिमिटेडको सहकार्यमा स्थापित प्रत्येक वर्ष प्रदानगरिने उक्त पुरस्कारको राशी पाँचलाख रहेको छ । राष्ट्रपति भण्डारीले दुवै पत्रकारका परिवारलाई संयुत रुपमा यो पुरस्कार प्रदान गरेकी हुन् । नेपाली पत्रकारिताको विकासका साथै व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक परिवर्तनमा पुर्याएको महत्वपूर्ण योगदानको उच्चकदर गर्दै पुरस्कार प्रदान गरिएको हो । उक्त कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की तथा बैंकका ब्य्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठ र प्रमुखकार्यकारी अधिकृत भुवन दाहाल उपस्थित थिए ।

कर्ण बोहरा सञ्जय न्यौपाने

विशेष