विदेश

हवाई आक्रमणमा ८८ सर्वसाधारण मारिए

हवाई आक्रमणमा ८८ सर्वसाधारण मारिए
पुस–८ । इस्लिमिक स्टेट (आइएस) आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ । उत्तरी सिरियाको अलबाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ । “चौबिस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले बताएका छन् । उनले यो रक्तपातपूर्ण आक्रमण भएको बताएँदै आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि जानकारी दिएका छन् । टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ । रासस/एएफपी

आइएस उत्तरी सिरिया

विशेष