विद्यार्थीको संख्या खस्किएपछि विद्यालय गाभ्न प्राथमिकता
पुस ९ । जिल्ला शिक्षा समिति जुम्लाले सर्वसुलभ, निःशुल्क र अनिवार्य शिक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि शैक्षिक सुधार तथा गुणस्तर व्यवस्थापन गर्न १५ बुँदे नीतिगत निर्णय गरेको छ ।
सोअनुसार विद्यालय समायोजन प्राथमिकतामा परेको छ । सो निर्णयको प्रतिवेदन तयारीका लागि जिल्लाका पार्टी प्रतिनिधि, पेसागत शिक्षक संघसंघठनका अध्यक्ष सदस्य रहने गरी विद्यालय निरीक्षक मक्करबहादुर भण्डारीको संयोजकत्वमा विद्यालय समायोजन समिति गठन गरिएको छ ।
समितिले जिल्लामा खोलिएका विद्यालयको भौगोलिक अवस्थिति, पहुँच, विद्यार्थी भर्नादर, संख्या, शिक्षक दरबन्दी उपलब्धता, विषयगत शिक्षकको अभावमा खस्कँदै गएको शैक्षिक क्षति रोक्न वैज्ञानिक आधारमा मापन गर्दै त्यस्ता विद्यालय एकापसमा गाभ्ने, तह घटाउने र बन्द गर्ने लगायत सिफारिस प्रतिवेदन शिक्षा समिति समक्ष पेस गर्नेछ ।
schools in jumla