News

गोबरग्यास प्लान्ट निर्माण गर्ने ७० जनालाई अनुदान रकम प्रदान

गोबरग्यास प्लान्ट निर्माण गर्ने ७० जनालाई अनुदान रकम प्रदान
पुस ९ । गोबरग्यास प्लान्ट निर्माणको कार्य थालेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका ७० जनालाई आज रु दुई लाख १० हजार अनुदान रकम प्रदान गरिएको छ । निड्स नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको अनुकूलन परियोजनाअन्तर्गत रु तीन हजारका दरले गोबरग्यास प्लान्ट निर्माणको कार्य थालेका बासिन्दालाई अनुदान रकम प्रदान गरेको हो । “गोबरग्यास प्लान्टको माध्यमबाट जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न र वनमाथिको निर्भरता हटाई दाउराको खपत कम गर्नका लागि यहाँका झलारी, पिपलाडी, कलुवापुर, बेलडाँडी, जुडालगायत क्षेत्रका बासिन्दालाई अनुदान रकम प्रदान गरेका छौँ” – परियोजनाका सामाजिक परिचालक कमल विकले भने । अनुदान रकमसँगै गोबरग्यास निर्माण गरिरहेका बासिन्दालाई यसका फाइदाबारे जानकारी दिने उद्देश्यले तालिम दिई जलवायु न्यूनीकरणमा पार्ने सकारात्मक पक्ष बारे सचेत पारिएको उनले बताए । यसअघिसमेत यस क्षेत्रका गोबरग्यास प्लान्ट निर्माण गर्ने ३५ परिवारलाई समेत अनुदान रकम उपलब्ध गराइएको थियो ।

gobar gas

विशेष