विदेश

ट्रम्प विजयी हुने बारे रसियाबाहेक अन्य मुलुकलाई थाहा थिएन - रसियाली राष्ट्रपति पुटिन

ट्रम्प विजयी हुने बारे रसियाबाहेक अन्य मुलुकलाई थाहा थिएन - रसियाली राष्ट्रपति पुटिन
पुस - ९ । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरेर विजयी हासिल अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सफल भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले सही ढङ्गले अमेरिकी नागरिकको भावनाको अध्ययन गरेको र उनीहरुको भावना अनुकूल अघि बढेकाले विजयी बनेको पुठिजले बताए । ‘उनले निर्वाचनको अन्त्यसम्म अविश्वसनीय तरिकाले आफ्नो अभियानलाई अघि बढाए । यसलाई रसियाबाहेक अन्य मुलुकले बुझ्न सकेका थिएन् ।’ उनले भने । पुटिनले आफ्नो वार्षिक प्रेस सम्मेलनमा बोल्दै रसियाली राष्ट्रपति पुटिनलाई के अमेरिकी जनताले ट्रम्पलाई समर्थन गर्छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा पुटिनले भने-‘ ठूलो सङ्ख्यामा रिपब्लिकन समर्थकले रसियाली राष्ट्रपतिलाई समर्थन गर्छन् भन्ने त लाग्दैन तर उनीहरुले रसियाको परम्परागत सोचलाई मन पराउँछन् । यो नै रसिया र अमेरिकाबीच सम्बन्ध विस्तार गर्ने सही सुरुआत हुन सक्छ ।’ अमेरिकी डेमोक्रेटिक पार्टीका इमेल ह्याक गर्ने कुरा महत्पूर्ण नभएको बताउँदै यो जसले गरेका भए पनि अमेरिकी जनतालाई ‘सही सूचना’ प्रवाह इमेल चुहावटबाटै भएको पुटिनले बताए । वासिङटनले रसियामाथि इमेल ह्याकको आरोप लगाएकाप्रति सङ्केत गर्दै पुटिनले भने–क्रेमलिनले यसबारे पटकपटक खण्डन गरिसकेको छ । यो त निर्वाचनमा पराजित समूहको आफ्नो नाक जोगाउने प्रयास मात्र हो ।’ एएफपी

डोनाल्ड ट्रम्प भ्लादमिर पुटिन

विशेष