News

कीर्ति राख्ने गरी काम गर्न कर्मचारीलाई सभामुखकाे निर्देशन

कीर्ति राख्ने गरी काम गर्न कर्मचारीलाई सभामुखकाे निर्देशन
पुस -  ९ । सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिएकी छिन् । उमेर हदका कारण सेवानिवृत्त हुन लागेका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम गर्ने जो कसैको पनि इतिहासले मूल्याङ्कन गर्ने धारणा राखिन् । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले कामप्रति क्षमतावान र उच्च नैतिकवान कर्मचारीकारुपमा परिचय बनाएका सचिव थापाको सेवानिवृत्तिले सचिवालयको कामकाजमा असजिलो आउने र रिक्तता खड्किने धारणा राखे । सेवानिवृत्त हुन लागेका सचिव थापाले संसद् सेवाले आफूलाई परिपक्व, क्षमतावान र विज्ञकारुपमा स्थापित गराएको भनी आभार व्यक्त गरे । वि.सं. २०३९ चैत २७ गते सरकारी सेवामा प्रवेश गरेका थापा संसद् सचिवालयमा प्रशासन हेर्ने सचिवका रुपमा कार्यरत थिए। उनले २४ वर्षभन्दा बढी समयदेखि सार्वजनिक लेखा समितिको सचिव रहेका थिए । सभामुख ओनसरी घर्ती, महासचिव भट्टराई र कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्रकुमार महतले कदरपत्रसमेत प्रदान गरेका थिए ।

रासस सभामुख ओनसरी घर्ती

विशेष