शेयर

कारोबार साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी

कारोबार साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी
पुस ९ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८५ करोड १४ लाख ३५ हजारबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १५६ कम्पनीको ३६ लाख ३२ हजार २२० कित्ता सेयर कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ४७ दशमलव ३८ प्रतिशत बढी हो । गत साता १५६ कम्पनीको रु एक अर्ब ९३ करोड ४७ लाख ७९ हजार बराबरका ३१ लाख २६ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५ दशमलव ९४ अङ्कले घटेर अन्तिम दिन एक हजार ४७५ दशमलव ४१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२ दशमलव ५५ अङ्कले घटेर ३१८ दशमलव ७६ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु ६६ करोड ७१ लाख ५० हजार कारोबार भएको थियो । यस्तै सेयर सङ्ख्याको आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख १९ हजार कित्ता सेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । स्टकमा एभरेष्ट बैंकको चार लाख कित्ता सेयर अग्राधिकारमा सूचीकृत भएको छ । रासस

नेपाल स्टक एक्सचेन्ज

विशेष