ताजा खबर राजनीति News

बढी बोले पूर्वराजा ज्ञानेन्द्रले दु:ख पाउँछन्ः प्रचण्ड

बढी बोले पूर्वराजा ज्ञानेन्द्रले दु:ख पाउँछन्ः प्रचण्ड

पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बढी नबोल्न चेतावनी दिँदै आफ्नो हैसियतमा बस्न आग्रह गरेका छन्।

प्रेस सेन्टर नेपालले दाङको घोराहीमा शनिबार गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रले बढी बोले अझै दुःख पाउने भन्दै चुप लागेर बस्न आग्रह गरेका हुन्। उनले भने,‘पूर्वराजा ज्ञानेन्द्रले बढी बोले अझै दुःख पाउँछन्। त्यसैले उनी अहिले चुप लागेर बस्नु नै बेश हुन्छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाए। उनले भने,‘ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेका हुन्। धमिलो पानीमा माछा मरिहाल्छन् कि भनेर यस्तो गरेका हुन्। यस्तै गरे उनले अझै धेरै दुःख पाउँछन्।’

प्रचण्डले पूर्वराजा वीरेन्द्र शाहको बंश नाश हुने गरी भएको दरबार हत्याकाण्डका विषयमा मन्त्रिपरिषदमा सामान्य छलफल मात्रै भएको बताए। उनले भने,‘दरबार हत्याकाण्डको विषयलाई मन्त्रिपरिषद बैठकमा मैले प्रस्तावकै रुपमा राखेको होइन। यसबारे मन्त्रीहरुको धारणा मागेको थिए।’

उनले आफू सरकारमा हुँदामात्रै नभएर बाहिर रहँदा पनि दरबार हत्याकाण्डबारे उच्चस्तरीय छानविन हुनु पर्छ भन्नेबारे बोल्दै आएको बताए।

Prachanda

विशेष