Technology News

अब रोबोटसँगै विवाह ! रोबोटसँगै सेक्स

अब रोबोटसँगै विवाह ! रोबोटसँगै सेक्स

के तपाईका बच्चाहरु छन् । यदि छन् भने तपाईंले एउटा कुरामा अहिलेदेखि नै तयार हुनुपर्नेछ । त्यसबेला तपाईंका बच्चाहरुले रोबोटसँग पनि विवाह गर्न सक्छन् । हो, प्रविधिसँग अभ्यस्त वैज्ञानिकहरुले मानिसले रोवर्र्टसँग विवाह गर्ने बताएका छन् । सन् २०५० सम्ममा मानिसले रोबोटसँग विवाह गर्ने आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभीले दाबी गरेका हुन् ।

डा.डेभिडलाई कि त मानिसहरु चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् । यिनै एआई एक्सपर्टले सन् २०५० सम्ममा मानिसहरु रोबोटसँग विवाहका लागि तयार हुने दाबी गरेका हुन् ।

‘यो त्यति टाढा छैन, प्राविधिक तथा रोबोर्टिक विकास र एआईको अनुसन्धानले यो सम्भावनालाई पुष्टि गरेको छ’, उनले भने, ‘मानिसहरु पहिल्लेदेखि नै रोबोटसँग शारीरिक सम्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’

जब रोबोटहरु मानिसको सहयात्रीको रुपमा काम गर्न थाल्ने छन् तपाई के सोच्नु हुन्छ ? अबको ३३ वर्षभित्र हामी यो बिन्दुसम्म पुग्ने छौं । माट म्याक मुलेनको रियल डल निर्माता कम्पनी एविस क्रियसनले पनि यो सम्भावनालाई स्वीकार गरेको छ । म्याक मुलेनले भनेका छन्, ‘पछिल्लो समय मानिसहरु भावनात्मक रुपमा रियल डलसँग नजिकिएका छन् ।’

Sex with Robot

विशेष