सरकारी जागिरमा आरक्षण सुविधा अब एकजनाले एकपटक मात्रै पाउने
पुस १० । सरकारले निजामतीलगायत सेवामा समावेशी समानुपातिक आरक्षण सुविधा एकजनाले एक पटक मात्रै पाउने व्यवस्था गर्न लागेको छ । यस्तो सुविधा लक्षित वर्गका सीमित व्यक्तिले मात्रै पटक पटक लिएपछि दुरुपयोग भएको गुनासो बढेको छ ।
निजामति सेवामा समावेशी आरक्षण सुविधा व्यवस्थति गर्न एकजनाले करियरमा एकपटकमात्रै लिन पाउने व्यवस्था गर्न गृहकार्य भइरहेको छ । सरकारले उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिको सिफारिसमा आरक्षण सुविधा करियरमा एकपटक मात्रै लिन पाउने व्यवस्था गर्न लागिएको हो ।
समितिले महिला, जनजातिलगायतलाई दिँदै आएको आरक्षण सुविधाबाट सीमित व्यक्तिमात्रै पटक पटक लाभान्वीत भएको तर जुन उद्देश्यका लागि यो व्यवस्था लागू गरिएको हो त्यो पूरा हुन नसकेको भन्दै समितिले नयाँ व्यवस्था गर्न सुझाव दिएको छ । –नागरिक दैनिकबाट