ताजा खबर राजनीति News

खल्तीमा कैँची र सलाई हालेर हेलिकोप्टरमा हिँडिरहेका छन् प्रचण्ड : ओली

खल्तीमा कैँची र सलाई हालेर हेलिकोप्टरमा हिँडिरहेका छन् प्रचण्ड : ओली

पुस १० । प्रधानमन्त्री दाहाल हेलिकप्टर चढेर उदघाटनमा हिँड्दैमा रमाएको तर अहिलेको राजनीतिक गतिरोध अन्त्यमा चासो नै नदिएको एमाले अध्यक्ष ओलीले आरोप लगाएका छन् । एमाले संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको नेकपा एमालेसहितका ९ वटा विपक्षी गठबन्धनले आफूहरुका विरुद्धमा उत्तेजना नफैलाउन सरकारलाई चेतावनी दिएका छन् ।

९ दलको बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बिपक्षी गठबन्धनले तानाशाही व्यवस्थाको प्रधानमन्त्री जस्तो गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले उत्तेजना फैलाइरहेको भन्दै त्यस्तो काम तत्काल रोक्न भनेको छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षलाई नागरिकमाझ जानबाट रोक्ने काम भएको आरोप लगाए ।सरकारको उक्साहटमा आएर मधेस केन्द्रित दलले नेकपा एमालेलाई तराई मधेसका जिल्लामा कार्यक्रम गर्न नदिने तयारी गरेको ओलीको भनाई थियो ।

बिपक्षी गठबन्धनले तत्काल निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेको छ । त्यस्तै संबिधान कार्यान्वयनका लागी व्यापक जनदवाव सिर्जनका लागी आगामी पौष २२ गते गर्ने जनप्रर्दशनमा सहभागी हुन पनि बिपक्षी गठबन्धनले आह्वान गरेको छ ।

विशेष