News

कलंकी, सल्लाघारी र चाबहिल यातायात कार्यालको काम अन्तिम चरणमा

कलंकी, सल्लाघारी र चाबहिल यातायात कार्यालको काम अन्तिम चरणमा
पुस १० । यस महिनाभित्रमै काठमाडौँका थप तीन ठाउँमा यातायात कार्यालय खुल्ने पक्का भएको छ । कलंकी, चाबहील, र सल्लाघारीमा यातायात कार्यालय खोल्ने तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । आइतबारबाट एकान्तकुकनामा लाइसेन्सका लागि अनलाईन फारम सेवाको शुभारम्भ गर्दै भौतीक पूर्वधार तथा यातायातमन्ी रमेश लेखले घर भाडा सम्झौता भइसकेको र कार्यालय व्यवस्थापनको काम चलिरहेको जानकारी गराए । कलंकी कार्यालयमा १७ गतेबाट सेवा सुरु हुन्छ भने चाबहील र सल्लाघारीमा २७ गतेबाट काम शुरु हुने बताइएको छ । सबै ठाउँका कार्यालयमा तत्काल अनलाइन सेवा दिइनेछ । औपचारिक रुपमा भने अनलाई फारम सेवा सोमबारबाट सुरु हुने बताइएको छ । हाल भने अनलाइन फारम सेवा दुई पाङ्ग्रे सवारीका लागि मात्र छ भने सुरुमा उक्त फरम एकान्तकुकना कार्यालयका लागि मात्र हुनेछ । लेखाकका अनुसार, अबको केही समयभित्र चार पाङ्ग्रे सवारीका फारम भर्ने काम पनि अनलाइनबाबटै भर्ने सुविधा दिइन्छ ।

yatayat

विशेष