विदेश

आरोपित फाउन्डेसन बन्द गर्ने ट्रम्पको योजना

आरोपित फाउन्डेसन बन्द गर्ने ट्रम्पको योजना
पुस–१० । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सहयोगी संस्था ट्रम्प फाउन्डेसन बन्द गर्ने योजना रहेको बताएका छन् । उनको उक्त संस्थामा पारदर्शी रुपमा काम नगरेको आरोप लागेको छ । यसै विषयमा न्यूयोर्कका अधिकारीले छानबिन गरिरहेका बेला उनले बन्द गर्ने योजना रहेको बताए । तर छानबिन गरिरहेको न्यूयोर्कको सरकारी वकिल कार्यालयले भने अनुसन्धान पूरा नभएसम्म ट्रम्पले फाउन्डेसन बन्द गर्न नपाउने बताएको छ । ट्रम्पले शनिबार अबेर जारी गरेको वक्तव्यमा फाउन्डेसनले धेरै आवश्यक समूहका लागि ठूलो सहयोग गरेको उल्लेख गरिएको छ । तर फाउन्डेसनका कारण उत्पन्न हुन सक्ने विवाद अन्त्यका लागि संस्था नै बन्द गर्ने योजना बनाएको वक्तव्यमा उल्लेख गरिएको छ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।

ट्रम्प फाउन्डेसन डोनाल्ड ट्रम्प

विशेष