News

लाइसेन्स लिन अब लाइनमा बस्नु नपर्ने घरमै बसीबसी फाराम भर्न सकिने

लाइसेन्स लिन अब लाइनमा बस्नु नपर्ने घरमै बसीबसी फाराम भर्न सकिने

पुस ११ । सरकारले आइतबारदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गरेको छ ।

राजधानीमा आईतबार ड्राईभिङ् लाइसेन्स अनलाईन एप्लिकेशन रजिष्ट्रेशन सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अबदेखि अनलाईनबाट लाईसेन्स फारम भर्ने आधुनिक प्रविधि लागू गरिएकाले लाईसेन्स लिन दिनरात लाईनमा बस्नुपर्ने झन्झटको अन्त्य भएको बताएका छन् ।

उनले अब सेवाग्राहीको सहजताका लागि उपत्यकाको अन्य तीन स्थानमा पनि सेवा कार्यालय विस्तारको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । नेपालका लागि दुई प्राङ्ग्रे बाईक र स्कुटीको सवारी चालक पत्र बनाउन अनलाईनबाट फारम भर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ । यो सुविधा हाललाई बाग्मती अञ्चलमा मात्रै लागू गरिएको छ भने दैनिक ५ सय जनाले फारम भर्न सक्ने छन् ।

अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइट http://www.dotm.gov.np/ मा उपलब्ध हुन्छ । अनलाइनमा फाराम भरेर सबमिट गरेपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय थाहा हुन्छ । दर्ता नम्बर र सम्पर्क गर्ने समयसहितको विवरण प्रिन्ट गरेर तोकिएको मितिमा यातायात व्यवस्था कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

 

Driving Licence

विशेष