विदेश

बेलायती गायक जर्ज माइकलको ५३ वर्षको उमेरमा निधन

बेलायती गायक जर्ज माइकलको ५३ वर्षको उमेरमा निधन

पुस ११ । गायक जर्ज माइकलको ५३ वर्षको उमेरमा निधन भएको छ ।  सोलो गायनमा प्रख्यात गायक जर्ज आइतवार आफ्नै घरमा मृत फेला परेको स्थानिय प्रहरीले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

थेम्स भ्याली प्रहरीका अनुसार उन्को मृत्यु अस्वभाविक भएतापनि संकास्पद अवस्था नरहेको बताईएको छ । उनी ५३ बर्षका थिए र मृत्युको कारण निमोनिया भएको जनाईएको छ ।

व्हायम नामक सांगितीक समुहबाट सन् १९८० को दशक देखी आफ्नो यात्रा सुरु गरेका जर्जले एकल गायनबाट अझ प्रसिद्धि कमाएका थिए उनि समकालिन युवाका आईडल देखी हाल सम्मकै सुपर स्टार थिए ।

गायन, लेखन र संगित उत्पादनका विलक्षण प्रतिभा उनी विश्वकै बेष्ट सेलिङ्ग आइडल थिए । ४ दशकको उनको सांगितीक यात्रामा करिब १०० मिलियन एल्वम बिक्री भएको रेकर्ड छ ।

Gorge Michel

विशेष