ताजा खबर राजनीति News

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने हामी मिल्छौं

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने हामी मिल्छौं

पुस ११ । माओवादीबाट अलग भएको १४ महिनापछि आज प्रचण्ड र बाबुराम पहिलोपटक एउटै मञ्चमा देखिएका थिए । उनीहरु एउटै मञ्चमा मात्रै देखिएनन् फेरि एक हुने संकेत पनि दुबै नेताले गरे ।

माओवादी अध्यक्ष प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले एउटा सार्वजनिक कार्यक्रममार्फत फेरि एकै ठाउँमा आउने संकेत गरेका छन् । उनीहरुले आफूहरु एकअर्काका परिपूरक भएको भन्दै हालसम्मका उपलब्धी रक्षाका लागि प्रचण्ड र बाबुराम मिल्नुको विकल्प नभएको बताए ।

बाबुराम र प्रचण्डलाई एउटै मञ्चमा उभ्याउने संयोग माओवादीका स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी’को सार्बजनिकीकरण कार्यक्रममा जुरेको हो ।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘संविधान जारी भएलगत्तै बाबुरामजी अलग हुन हतार गर्नुभयो, अहिले संविधान कार्यान्वयनको चुनौति छ । अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । प्रचण्डले बाबुरामसँग आफ्नो दिनहुँ छलफल हुने गरेको भन्दै पहिलेकोजस्तै राम्रो सम्बन्ध हुन थालेको बताए । हाम्रा पक्षधरहरुले धेरै बिगारेनन् भने हामीबीच सहकार्य हुन सक्छ । अहिलेको स्थितिमा उहाँको र मेरो एउटै धारणा छ ।’

कार्यक्रममा बाबुराम भट्टराईले हालको उपलब्धी गुम्न नदिन प्रचण्डसँग मिल्नुको विकल्प नभएको बताए । प्रचण्डसँग व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको, तर अलग हुन परिस्थितिले बाध्य पारेको बताए ।

प्रचण्डको जपाफमा उनले भने ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’

Baburaram Bhattarai Puspakamal Dahal

विशेष