News

गतिरोध अन्त्यका लागि प्रमुख दलको बैठक सुरु

गतिरोध अन्त्यका लागि प्रमुख दलको बैठक सुरु
पुस – ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संविधान संशोधनको प्रस्ताव दर्ता भएसँगै प्रमुख दलहरुबीच देखिएको मतभेद् र तिक्तता अन्त्य गर्न सभामुख ओनसरीले बैठक बोलाएकी हुन् । सभामुख घर्तीले आयोजना गरेको उक्त बैठक व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा केहीबेर अघि सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का शीर्ष नेताहरु सहभागी छन् ।

प्रमुख दहको बैठक

विशेष