News

कांग्रेस नेता र मन्त्री बसेको मञ्च लडेपछि कार्यकर्ता भागाभाग

कांग्रेस नेता र मन्त्री बसेको मञ्च लडेपछि कार्यकर्ता भागाभाग
पुस - ११ । धादिङमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका मन्त्रीसमेत बसेको मञ्च ढलेको छ । करिब ५० भन्दा धेरै अतिथि राखिएको मञ्च अचानक भत्किएपछि नेता कार्यकर्तामा खैलाबैला भएको हो । मिलनटोलमा २ करोड ८६ लाख रकममा निर्माण हुन लागेको विपी स्मृती भवनको सिलन्यास गर्न आएका वरिष्ठ नेता पौडेल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादे, डाक्टर रामशरण महत, डाक्टर मिनेन्द्र रिजाल , लगायतका ४८ जना नेता कार्यकर्ता बसेको पुरै मञ्च ढलेपछि केहि क्षण कार्यक्रमस्थलमा कोकोहोलो भएको थियो । मञ्च भत्किएपछि पौडेलसहितका नेताहरु भने सामान्य रहेका छन् भने नेपाली कांग्रेसकी नेतृ भगवती पौडेलको खुट्टा भाँचिएको छ । घटना पछि उठेका कार्यकर्ता लाई संझाउदैं नेता राचन्द्र पौडेलले भने ‘मञ्च ढलेर सबै बराबरमा बस्ने बनाई दियो ।’ अतिथिहरुलाई आसनग्रहण गराइरहेका बेला मञ्च भाँच्चिँदा त्यहाँ रहेका नेताहरु पनि लड्न पुगेका थिए । मञ्च भत्किएपछि नेताहरु अत्तालिँदै भाग्न खोजेका थिए । उनीहरु मञ्चबाट भागिरहँदा सुरक्षाकर्मीले उठाए । भवनको शिलान्यासपछि भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा वाणिज्य राज्य मन्त्री रोमी गौचन आई नपुग्दै मञ्च ढेलेको थियो । मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएको थियो ।

नेता रामचन्द्र पौडेल

विशेष