लोककल्याण सेवा अक्षयकोष स्थापना गर्न देवघाटधाममा श्रीमदेविद्भागवत
पुस – ११ । लोक कल्याण सेवा प्रतिष्ठान एवं श्रीराम जानकी बालिका आश्रम (कन्या गुरुकुल) देवघाटधाम चितवनले श्रीमदेविद्भागवत नवाको आयोजना गरेको छ । शान्त प्रसाद पोखरेलकाे सभापतित्व र गलेश्वर आश्रम देवघाटका महामण्डलेश्वर आत्मानन्द गिरीको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको छ ।
शक्तिसाधना महाअनुष्ठान १०८ आयोजित श्रीमदेविद्भागवत नवा एवं शक्तिसाधना महाअनुष्ठान १०८ लगाउँने लक्ष्य अनुरुप ५२ औं श्रीमद्धदेविभागवत चितवन नारायणगढको गौरेश्वर पशुपति मन्दिरमा आज (पौष ११) बाट १९ गतेसम्म चल्ने छ । लोककल्याण सेवा प्रतिष्ठानको अक्षयकोष स्थापना गर्ने, श्रीराम जानकी बालिका आश्रमलाई व्यवस्थित रुपले सञ्चालन गर्ने, आश्रम सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पुर्वाधार (भवन निर्माण) गर्ने लगायतका उद्देश्यहरुसहित श्रीमददेविभागवतको आयोजना गरिएको हो । श्रीराम जानकी बालिका आश्रमको प्रथम कन्या माता उमामहेश्वरी स्मृति टन्डनले श्रीमद्भागवत कथा प्रवचन गर्ने छिन् ।
लोककल्याण सेवा प्रतिष्ठानद्वारा विगत पाँच वर्ष देखि सञ्चालित श्रीराम जानकी बालिका आश्रमले अधिराज्यका १८ जिल्लाबाट आमाबाबु एवं आफन्त कोहि नभएका सडकमा पुग्न बाध्य असहाय बालिकाहरुलाई आधुनिक शिक्षाको साथै गुरुकुलीय शिक्षा र संस्कार प्रदान गर्दै आएको छ । हाल २४ जना बालिकाहरु संरक्षित छन ।
यस कार्यक्रमबाट उठेको केही रकम देवघाटमा संरक्षण प्रतिष्ठान चितवनद्वारा अष्टधातुबाट देवघाटधाममा निर्माण हुने ३० फिट अग्लो शिवको मुर्ति निर्माणकार्यमा सहयोग गर्ने लक्ष्य रहेकोछ ।
देवघाटधाम
लोक कल्याण सेवा प्रतिष्ठान