News

प्रधानमन्त्री अगलागी क्षेत्र आउने कार्यक्रम सर्यो

प्रधानमन्त्री अगलागी क्षेत्र आउने कार्यक्रम सर्यो
पुस -  १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आगलागि क्षेत्रको स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ । प्रधानमन्त्री आगलागीबाट भएको क्षतीको निरिक्षण र पीडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १३ गते संक्रान्तिबजारमा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीको कार्यव्यस्थताका कारण निर्धारित कार्यक्रम सरेकाले पुस १९ गते उक्त कार्यक्रम संचालन हुने उद्योग वाणिज्य संघ संक्रान्तिबजारले प्रकाशन गरेको सूचनामा उल्लेख छ । यसअघि नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले आगलागि क्षेत्रको स्थलगत निरिक्षण र अग्निपीडितहरुलाई सान्तवना दिन घटना लगतै आएका थिए, भने जन्मथलो संक्रान्तिबजार भएका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, सभासदहरु भवानी खापुङ, सिता गुरुङ, भानुभक्त ढकाल र गणेश विमलीले पनि घटनाको स्थलगत निरिक्षण गरि राहत वितरण तथा राहतको प्याकेज घोषणा गरिसकेका छन् ।
अमृत बास्तोला / तेह्रथुम 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष