News

पूर्वराजाले बुहारी हिमानीलाई पनि विश्वास गरेनन्

पूर्वराजाले बुहारी हिमानीलाई पनि विश्वास गरेनन्

पुस १३ । छोरा बिग्रेपछि बुहारीको भर हुन्न भन्ने आम मानसिकता नै रहेछ पूर्वराजा ज्ञानेन्द्र शाहमा पनि । लागू औषधको कुलतले पारिवारिक जिम्मेवारीबाट पछि हटेका छोरा पारस साथमा नरहे पनि बुहारी हिमानी र तिनका लालाबाला निर्मल निवासमै छन् । तर, ती बुहारीप्रति पनि ज्ञानेन्द्रको उति धेरै भर नभएको बुझाउँछ एउटा आर्थिक कारोबारले ।

आफ्नो सम्पत्तिबाट नाति हृदयेन्द्र, नातिनीहरु कीर्तिका र पूर्णिकाको नाममा विभन्न ठाउमा लगानी गरेका उनले कुनै पनि कारोबारमा ती लालाबालको संरक्षकमा बुहारी हिमानीलाई राखेका छैनन् । नेपालकै कानुनअनुसार पनि नाबालकमाथि पहिले हक आमा र दोस्रो बाबुको लाग्छ । यसविपरित ज्ञानेन्द्रले पत्नी तथा उनीहरुकी हजुरआमा कोमललाई संरक्षक बनाएर गरेका विभिन्न वित्तीय लगानीमध्ये सिइडिबी हाइड्रो फन्ड लिमिटेडको कागजातमा त्यस्तो देखिन्छ । –जनआस्था साप्ताहिकबाट

विशेष